आइपीएलः राजस्थान रोयल्समा भित्रिए नयाँ बलिङ प्रशिक्षक नियुक्त

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) को फ्रेन्चाइज टीम राजस्थान रोयल्सले नयाँ बलिङ प्रशिक्षक नियुक्त गरेको छ । राजस्थानले अष्ट्रेलियाका पूर्व फास्ट बलर रोब क्यासललाई नयाँ बलिङ प्रशिक्षकमा नियुक्त गरेको हो ।

राजस्थानका मुख्य प्रशिक्षक एन्ड्रयु म्याकडोन्ल्डले बलिङ कोच क्यासलको प्रवेशले टीम अझै बलियो भएको बताए ।

क्यासलले प्रथम श्रेणी क्रिकेटमा ९ खेलमा २४ विकेट लिएका छन् । योपटक राजस्थानमा एन्ड्र टाय, जोफ्रा आर्चर, जयदेव उनादकट जस्ता स्टार फास्ट बलर छन् ।

कमेन्ट गर्नुहोस्