त्रिकोणात्मक सिरिजः नेपाली टिममा पारस र ज्ञानेन्द्रले ओपनिङ गर्ने

काठमाडौंः माघ २२ देखि २९ सम्म हुने ओमान र अमेरिका विरुद्धको त्रिकोणात्मक सिरिजमा नेपाली टीपको ओपनिङ पूर्वकप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्ले गर्ने भएका छन् ।

यी दुईले टी–२० क्रिकेटमा ओपनिङ गरिसकेका छन् । गत जुलाईमा सिंगापुरमा भएको आईसीसी टी–२० विश्वकप एसिया रिजनदेखि पारस र ज्ञानेन्द्रले टी–२० मा ओपनिङ गर्दै आएका छन् ।

टीक कप्तान मल्लले भने, ‘अहिले सम्मलाई हाम्रो सोच पारस र मैले नै ओपनिङ गर्ने छ । दुवैजना अनुभवी भएको र ५० ओभरमा टिमलाई चाहिएको हुँदा उत्कृष्ट गर्ने प्रयास गर्नेछौं । टी–२० मा गरिसकेका छौं, एकदिवसियमा पनि राम्रो गर्न चाहान्छौं । खेलका क्रममा परिवर्तन पनि हुन सक्छ ।’

पारसले टी–२० मा गत वर्ष यूएई विरुद्धको तीन टी–२० सिरिजदेखि ओपनिङ गर्दै आएका छन् । ज्ञानेन्द्रले सन् २०१६ अप्रिलमा कीर्तिपुरमा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५–१७ मा नामिबियादेखि निरन्तर ओपनिङ गर्दै आएका छन् ।

त्यसअघि च्याम्पियनसिप अन्तर्गतनै ओपनर सुवास खकुरेल र अनिल कुमार मण्डलको जोडी रहेको थियो । नामिबियाविरुद्ध कीर्तिपुरका दुवै खेलमा नरेश बुढाएर र ज्ञानेन्द्रले ओपनिङ गरे । नामिबियाविरुद्ध पहिलो खेलमा ज्ञानेन्द्र र नरेशले ४२ र दोस्रो खेलमा २४ रनको साझेदारी गरेका थिए ।

कमेन्ट गर्नुहोस्