दक्षिण अफ्रिका विरुद्धको टेष्ट सिरिज इंग्ल्याण्डले जित्यो

काठमाडौंः दक्षिण अफ्रिका विरुद्धको टेष्ट सिरिज पाहुना टोली इंग्ल्याण्डले ३–१ ले जितेको छ । आज अन्तिम खेलमा दक्षिण अफ्रिकालाई १ सय ९१ रनले हराउँदै इंग्ल्याण्डले सिरिज ३–१ ले जितेको हो ।

अन्तिम खेलमा इंग्ल्याण्डले दिएको ४ सय ६६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २ सय ७४ रनमै समेटियो ।

उसका लागि रस्सीभानडर डुसेनले ९८, क्विन्टन डीककले ३९, कप्तान फाफ डुप्लेसीसले ३५, टेम्बा बबूमाले २७, डेन एल्गरले २४, पीटर मलानले २२ रन बनाए ।

बलिङमा इंग्ल्याण्डका मार्क उडले सर्बाधिक ४ विकेट लिए । इंग्ल्याण्डले पहिलो इनिङ्समा ४ सय र दोस्रोमा २४८ रन बनाएको थियो । दक्षिण अफ्रिका भने पहिलो इनिङ्समा १ सय ८३ रनमै समेटिएको थियो ।

कमेन्ट गर्नुहोस्