२८ वर्षमा डेब्यू गर्दै पहिलो ओभरमै लिए ह्याट्रिक, यी क्रिकेटरले रचे इतिहास

काठमाडौंः भारतीय क्रिकेटर रवि यादवले इतिहास रचेका छन् ।

भारतमा जारी रणजी ट्रफी अन्तर्गत उत्तर प्रदेश विरुद्धको खेलमा मध्य प्रदेशका तिव्र गतिका बलर रविले पहिलो ओभरमै ‘ह्याट्रिक’ लिँदै इतिहास रचेका हुन् ।

खेलको सातौं ओभरमा बलिङ गर्न आएका उनले पर आर्यन (१३), कप्तान अंकित राजपूत (०) र समीर रिजवी (०) लाई आउट गर्दै ‘ह्याट्रिक’ पूरा गरेका थिए ।

रविले आर्यनलाई विकेटकीपरको हातबाट क्याच आउट गराए । अंकित र सीमरलाई भने उनले ‘बोल्ड’ आउट गरे । प्रथम श्रेणी क्रिकेटमा रविको यो पहिलो म्याच थियो । डेब्यू म्याचको पहिलो ओभरमै ‘ह्याट्रिक’ लिने उनी पहिलो भारतीय क्रिकेटर बनेका छन् ।

भारतका जवागल श्रीनाथ (कर्नाटक) र जोगदर रावले पनि डेब्यू म्याचको पहिलो खेलमै ‘ह्याट्रिक’ लिएका थिए । तर, उनीहरुले आफ्नो पहिलो ओभरमै भने ‘ह्याट्रिक’ लिएका थिएनन् ।

कमेन्ट गर्नुहोस्