चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०६ पुग्यो

काठमाडौंः चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ सय ६ पुगेको छ । भाइरसका कारण ४ हजार भन्दा बढी संक्रमित भएको चिनीयाँ अधिकारीहरुले जनाएका छन् । दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन नदिन यातायात आवागमनमा थप कडाइ गरिएको छ । वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ । विश्वभर फैलिएको यो सक्रंमणले अलिहे महामारीका रुपमा लिने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

याे पनि पढ्नुस  ‘म्युजिक फर पिस’ नामक कार्यक्रम सञ्चालन गर्दै नेपाल ग्यालरी

अहिलेसम्म चीनबाहेक नेपालसहित ज्ञट देशमा यसको संक्रमण फैलिएको छ । अमेरिकामा पनि यसको सक्रमण फैर्लिपछि आफ्ना नागरिकलाई चीन यात्रामा जाँदा पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ । अन्य देशले पनि चीनको यात्रामा नजान र आफ्ना नागरिकलाई त्यहाँबाट फिर्ता ल्याउन थालेका छन् । चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन ।

कमेन्ट गर्नुहोस्