दुईवटा ट्रक ठोक्किँदा रुपन्देहीमा ३ जनाको मृत्यु, ९ जना घाइते

बुटवलः ट्रक एकापसमा ठोक्किँदा रुपन्देहीको रोहिणी गाउँपालिका चार स्वीलिहवामा ३ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे ५ बजे एकापसमा ठोक्किएका हुन् । मृतकको पहिचान हुन सकेको छैन ।

याे पनि पढ्नुस  ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको रुपन्देही प्रहरीले जनाएको छ । घाइतेहरुको भैरहवा मेडिकल कलेज र भिम अस्पतालमा उपचार भइरहेको छ ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्