बास्केटबल खेलाडी कोबेको मृत्यु कसरी हुनेछ? ८ वर्षअघि गरिएको थियो यस्तो भविष्यवाणी

एजेन्सी। चर्चित बास्केटबल खेलाडी कोबे ब्रायन्टको २६ जनवरीमा हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएको छ। उनको मृत्युको खबरले देश विदेश शोकाकुल बनेको छ। यद्दपीको कोबेको ८ वर्ष भन्दा पहिले हेलिकप्टर दुर्घटनामा मृत्यु हुने भविष्यवाणी गरिएको थियो।

@dotsNoto ले यस कुराको जानकारी सन् २०१२ मा नै ट्वीटर मार्फत गराएका थिए। ८ बर्ष पहिले गरिएको उक्त भविष्यवाणी सहि निस्किएकाले उक्त ट्वीट हाल सामाजिक संजालमा भाइरल भईरहेको छ।

याे पनि पढ्नुस  इजिप्टमा सैनिक हेलिकप्टर दुर्घटना, ७ सैनिकको मृत्यु

४१ बर्षीय कोबेको अमेरिकाको क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । सो दुर्घटनामा परि उनकी १३ बर्षीया छोरीको पनि निधन भएको थियो ।

कोबी ब्रायन्टले एनबीएको २० वर्षको आफ्नो बास्केटबल करियरको क्रममा ८ हजार करोड रुपैयाँ भन्दा बढी कमाई गरेका थिए । आफ्नो करियरमा उनले थुप्रै रेकर्ड आफ्नो नाम गरेका छन् ।

याे पनि पढ्नुस  मालीमा दुईवटा हेलिकप्टर जुध्दा १३ जना फ्रान्सेली सैनिकको मृत्यु

उनले बास्केटबलमा केहि रेकर्ड पनि बनाएका थिए। बास्केटबलको जादुगर मानिने कोबेको निधनले उनका प्रशंशकहरुले दुख व्यक्त गरेका छन।

 

कमेन्ट गर्नुहोस्