कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौंः नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ।

सोमबार प्रतितोला ७६ हजार रुपैयाँ निर्धारण गरिएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि आज स्थिर छ । सोमबार ७५ हजार ७ सय प्रतितोला कारोबार भएको तेजाबी सुन आज पनि सोही मूल्य निर्धारण गरिएको छ।

मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला ८ सय ९० रहेको चाँदी आज ५ रुपैयाँले बढेर ९ सय ९५ पुगेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्