विराटनगरः सि.जी. इलेक्ट्रोनिक्सको १८ औं शोरुम तथा एल.जी को ८ औं नयाँ प्रिमियम ब्राण्डशप विराटनगरमा संचालनमा आएको छ ।
चौधरी ग्रुपको आफ्नै ३.० भर्सिनको अत्याधुनिक शोरुम विराटनगरमा उद्घाटन गरिएको हो । उक्त शोरुम प्रदेश नं. १ मा कम्पनीको पहिलो शोरुम हो भने, नेपालको ८ औं रहेको छ ।
शोरुममा विभिन्न एल.जी ब्राण्डका घरायसी सामाग्रीहरु उपलब्ध छन् । यस शोरुममा ग्राहकहरुका लागि केही सयमका लागि विभिन्न छुट को ब्यवस्था पनि गरिएको छ ।