हिरासतमा आत्महत्या प्रयास, लगत्तै अस्पताल पुर्‍याउदा पनि बचाउन सकिएन

काठमाडौंः हिरासतमा आत्महत्या प्रयास गरेका एक युवकका मृत्यु भएको छ ।

मृत्यु हुनेमा लागूऔषध मुद्दामा महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा रहेका हेम राउत रहेका छन् ।

बानेश्वरका प्रहरी प्रमुख दुर्गाराज रेग्मीका अनुसार राउतले आइतबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए । त्यसपछि उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट भेनस अस्पताल लगेका हेमलाई बचाउन सकिएन, गएराति चिकित्सकले मृत घोषणा गरे ।

उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

कमेन्ट गर्नुहोस्