बाजुरामा ४.२ रेक्टरको भूकम्प

बाजुराः बाजुरा केन्द्रबिन्दु भई मंगलबार बिहान ४.२ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्पको केन्दविन्दु जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए ।

भूकम्प गएको स्थानमा मानव वस्ती नभएकाले कुनै क्षति नपुगेको उनले बताए । तर पनि एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका छन ।

जिल्लामा पटकरपटक भूकम्प जान थालेपछि भूकम्प प्रतिरोधात्मक घर नभएपछि यहाँका स्थानीयवासी त्रसित बन्दै गएको बताइएको छ । पुराना ढुङ्गा र काठबाट बनाइएका घरसँगै सिमेन्ट र इँटाबाट बनाएका घर भूकम्परहित नभएपछि जिल्ला सबैभन्दा बढी भूकम्पको जोखिममा रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्