प्रम ओलीले दिए सभामुखलाई बधाई, पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नव निर्वाचित सभामुख अग्नी सापकोटालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्राप्त भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन, संसद सञ्चालनको अभिभारा यहाँको काँधमा आएको भन्दै प्रमले भने, “म खुशी व्यक्त गर्न चाहन्छु । यस काममा सफलता मिलोस् भनेर मेरो, पार्टी र नेपाल सरकारको तर्फबाट बधाई शुभकामना भन्न चाहन्छु ।”

प्रधानमन्त्रीले अगाडि भने-

खुसीको कुरा हो कि यहाँ सर्वसम्मत किसिमले सभामुख चयन हुनुभएको छ । यो एउटा राम्रो लक्षण हो । यसमा कहिँ कतै असहमति र बिरोधका विषय रहेनन् । यही भावका साथ आगामी दिनमा संसद अगाडि बढ्ने छ । यहाँले संविधानको रक्षा र मर्म अनुरुप त्यसको कार्यान्वयन र कानुन सम्मत ढंगले कार्यसम्पादन गर्दै संसदलाई मर्यादित ढंगले अगाडि बढाउन सफलता प्राप्त गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु । म आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

कमेन्ट गर्नुहोस्