देउवाको प्रश्नः एमसीसीबाट यति ठूलो सहयोग आउँछ, किन पास नगर्ने ?

काठमाडौंः कांग्रेस सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपनमा जोड दिएका छन् । आज संसद बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई संसदमा बधाई दिँदै देउवाले सो कुरा बताएका हुन् ।

उनले भने, ‘एमसीसीबाट धेरै ठूलो सहयोग मिल्छ । यति ठूलो अमेरिकी सहयोग अहिलेसम्म आएको छैन । किन पास नगर्ने ?’

‘अमेरिकाले कुनै स्वार्थ छैन भनेको छ । चिनले आपत्ति छैन भनेको छ । कसले आपत्ति जनायो ?’ उनले प्रश्न गर्दै भने । उनले संसदबाट छिटो एमसीसी पास गरेर कार्यान्वयनमा लैजानुपर्ने बताए ।

देउवाअघि बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एमसीसी पास गराउनुपर्नेमा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्