आइपीएलः यी ४ क्रिकेटर, जसको प्रदर्शन लगातार खस्किदै छ!

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) सन् २००८ देखि सुरु हुन थालेको छ । विश्व चर्चित क्रिकेट लिग आइपीएलमा हालसम्म एक हजार बढी क्रिकेटरले सहभागिता जनाइसकेका छन् । क्रिकेट यस्तो खेल हो जहाँ खेलाडीको प्रदर्शनमा उतारचढाब आइरहन्छ । कुनै पनि खेलाडीका लागि निरन्तर शानदार प्रदर्शन गर्नु मुश्किल हुन्छ ।

प्रदर्शन कमजोरकै कारण ‘स्टार’ भनिएका खेलाडीलाई पनि टीमले ‘रिलिज’ गरिदिन्छ । यसको उदारहण हो गौतम गम्भीर, वीरेन्द्र सहवाग, क्रिस गेल आदि । उनीहरुले पनि आइपीएलमा एक समय शानदार प्रदर्शन गरेका थिए । तर समय एकै नासको हुँदैन । र, उनीहरु पनि एकै टीममा रहन सकेनन् । यी मध्ये गेल भने आइपीएल खेलिरहेकै छन् । आइपीएलमा कयौँ खेलाडीले सुरुवातमा शानदार प्रदर्शन गरे । तर, पछिल्लो समय भने आफ्नो लय समात्न सकेका छैनन् । आज तिनै एक समयका आइपीएल स्टार खेलाडीको बारेमा चर्चा गर्दैछौंः

रबिन उथप्पाः रबिनले गत सिजनमा कोलकाता नाइट राइडर्स (केकेआर)का लागि आइपीएल खेलेका थिए । तर, कमजोर प्रदर्शनका कारण केकेआरले उनलाई २०२० मा ‘रिलिज’ गर्‍याे । यो पटक उनी राजस्थान रोयल्समा जोडिएका छन् । २०१४ मा केकेआरले उपाधि जित्दा रबिनको भूमिका महत्वपूर्ण रहेको थियो । उनले २०१४ मा सर्बाधिक रन बनाउँदै ‘वरेन्ज क्याप’समेत जितेका थिए । तर केही संस्करण यता उनको प्रदर्शनले टीमलाई निराशा बनायाे । यदि आसन्न सिजनमा पनि लयमा देखिएनन् भने रबिनको आइपीएल भविष्य संकटमा पर्न सक्छ ।

भुवनेश्वर कुमारः भुवनेश्वर सनराइजर्स हैदराबादबाट आइपीएले खेल्ने गछन् । उनी टीमका महत्वपूर्ण सदस्य हुन् । भुवनेश्वरले आइपीएल २०१६ र ०१७ मा सर्बाधिक विकेट लिएर ‘पर्पल क्याप’ जितेका थिए । तर, पछिल्लो २ संस्करण यता भने उनको प्रदर्शन कमजोर बन्दै गएको छ । भुवनेश्वरले पछिल्लो २ आइपीएल सिजनमा २६ म्याच खेल्दा २३ विकेट मात्र लिन सफल भएका छन् । उनी अहिले हर्नियाको अप्रशेनका कारण भारतीय टीमबाट पनि बाहिर छन् । आशा छ आसन्न आइपीएलमा भुवनेश्वर फेरि शानदार लयमा फर्किने छन् ।

ड्वेन ब्रावो (डीजे ब्रावो)– ब्रावोले आइपीएल इतिहासमा शानदार बलिङ गरेका छन् । उनले २०१३ र २०१५ को सिजनमा सर्बाधिक विकेट लिएका थिए । तर, ३६ वर्षीय वेष्ट इन्डियन स्टार ब्रावो पछिल्लो केही आइपीएल संस्करणयता भने अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् । उनले पछिल्लो २८ आइपीएल म्याचमा २५ विकेट मात्र लिन सकेका छन् । यसक्रममा उनको इकोनमी ९.९ रहेको छ ।

लगातारको कमजोर प्रदर्शनका कारण आसन्न आइपीएलमा उनले कम म्याच खेल्न पाउने सम्भावना पनि रहन्छ । ब्रावोले केही समयअघि मात्र सन्यास फिर्ता लिँदै वेष्ट इन्डिजको टीमबाट अन्तर्राष्ट्रिय म्याच खेलेका थिए ।

अमित मिश्राः अमित आइपीएल इतिहासका सर्बाधिक सफल भारतीय बलर मानिन्छन् । उनी आइपीएलमा सर्बाधिक विकेट लिनको सूचीको दोस्रो स्थानमा आउँछन् । पहिलो स्थानमा लसिथ मलिंगा रहेका छन् । आइपीएलमा मिश्राको नाममा तीन ‘हयाट्रिक’ पनि छ । उनले २०१४ को आइपीएल संस्करणमा सर्बाधिक विकेट लिएका थिए । तर, केही सिजनयता भने उनको प्रदर्शनमा गिरावट आएको छ ।

यदि आइपीएल २०२० का सुरुवातका म्याचमा राम्रो प्रदर्शन गर्न नसके बाँकी खेलमा उनले मौका नपाउन पनि सक्छन् । केही सिजनयता मिश्रा दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका छन् । दिल्लीमा योपटक मिश्रासहित रविन्द्रन आश्विन, सन्दीप लामिछाने जस्ता स्टार स्पिनर पनि छन् ।

कमेन्ट गर्नुहोस्