टेष्ट सिरिजः श्रीलंकाविरुद्ध जिम्बाब्बेले पहिलो इनिङ्समा बनायो ४०६ रन

काठमाडौंः श्रीलंका विरुद्धको टेष्ट सिरिजको दोस्रो खेलको पहिलो इनिङ्समा घरेलु टोली जिम्बाब्बले ४ सय ६ रन बनाएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको जिम्बाब्बेले ११५.३ ओभरमा सबै विकेट गुमाएर ४ सय ६ रन बनाएको हो ।

उसका लागि कप्तान शन विलियम्सले शतक बनाए । उनले १३७ बलमा १० चौका र ३ छक्काको मद्दतमा १ सय ७ रन बनाए ।

टेष्टमा कप्तान विलियम्सको यो दोस्रो शतक हो । यस्तै सिकन्दर राजाले ७२, ब्रेण्डन टेलरले ६२, केवि कासुजाले ३८, टिनोटेन्दा मुटुम्बोजीले ३३, रेगिश चकब्वाले ३१ रन बनाए ।

बलिङमा श्रीलंकाका लसिथ एम्बुल्डेनियाले ४, धनन्जय डीसिल्भाले ३, सुरंगा लकमलले २ र लाहिरु कुमाराले १ विकेट लिए । २ खेलको सिरिजमा श्रीलंकाले १–०को अग्रता बनाएको छ ।

कमेन्ट गर्नुहोस्