तीन महिने बालकको गुप्ताङ्ग कुकुरले खाइदियो ! सहयोग माग्दै परिवार

कालीकोटः हेदैमा डरलाग्दो गरी तीन महिने बालकको गुप्ताङ्ग कुकुरले खाइदिएपछि परिवार विछिप्त बनेको छ ।

कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं. ३ साँगाटिया गाउँमा सोमबार दिउँसो तीन महिने बालकको घरमै पालेको पाल्तु कुकुरले टोकेर गुप्ताङ्ग नै क्षतबिक्षत बनाइदिएको छ । तीन महिनाका बालक अनिवास दर्जिको घरमा कोही नभएको बेला आफैले पालेको कुकुरले बालक सुतेको वेला गुप्ताङ्ग खाएर सक्त घाइते बनाएको छ ।

हर्ष दर्जी र संगिता दर्जीका छोराको घरमै पालेको कुकुरले सोमबार सुतिरहेको अवस्थामा गुप्ताङ्गलगायतका अन्य ठाउँहरुमा पनि टोक्दा बालकको अवस्था गम्भिर रहेको सिप्खाना स्वास्थ्य चौकीका इन्चार्ज धर्मराज शाहीले बताए ।

बाललको अवस्था नाजुक रहेको छ, अविनास दर्जी ३ महिनाका बालक हुन् । बालकको परिवारमा औषधी उपचार गर्ने आम्दानीको स्रोत केही पनि छैन ।

अरूको लुगा सिलाएर परिवारको छाक टादैँ आएका हर्ष दर्जि छोरोको गुप्ताङ्ग कुकुरले खाएपछि होस समेत गुमाएका छन् । बुवा हर्ष दर्जि बोल्न सक्दैनन् । इन्चार्ज धर्मराज शाहीले भने, ‘सबैले सहयोग उठाएर सुविधा सम्पन्न अस्पतालमा लिए वच्चा बचाउन सकिन्छ की ?’

बच्चा बचाउनका लागि सबैले सहयोग गरिदिन संगिताले रुदै आह्वान गरेकी छन् । गाउँका केही ब्यक्तिको सहयोगमा घाइते बालकलाई आज जिल्ला अस्पतालमा ल्याउँदैछन् ।

संगिताले आखाँभरी आँसु टिलपिल गर्दै भनिन्, ‘हामी सबै कामकाजका लागि बाहिर गएका थियांै तर कुकुरले कहिलै पनि यस्तो गर्दैन थियो ।’

कमेन्ट गर्नुहोस्