स्ववियू निर्वाचन फागुन १४ गते, यस्तो छ कार्यतालिका

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।

निर्वाचनको मिति टुंग्याउन किर्तिपुरस्थित विश्वविद्यालयमा मंगलबार विद्यार्थी संघसंगठनहरुसँग छलफल गर्दै कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।

विश्वविद्यालयले विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले निर्वाचन फागुन १४ गते गर्ने र त्यसका लागि फागुन ४ गतेसम्म मतदाता नामावली टुङ्ग्याएर प्रकाशन गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

याे पनि पढ्नुस  त्रिवि रजिष्ट्रारमा डा. पेशल दाहाल नियुक्त

 

 

कमेन्ट गर्नुहोस्