शेख खालिफ कतारको नयाँ प्रधानमन्त्री बने

एजेन्सीः कतारका अमिर (राजा) ले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । अमिरले एक शाही आदेशमार्फत् नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

कतारका अमिर शेख तामिम बिन हमाद अल थानीले शेख खालिफ बिन खालिफा बिन अब्दुलाजिज अलि थानीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

याे पनि पढ्नुस  भौतिक सम्पर्कमा नरहन कतारस्थित नेपाली दूतावासको अनुरोध (विज्ञप्तिसहित)

अमिरले यसअघिका प्रधानमन्त्री शेख अब्दुल्लाह बिन नासेर बिन खालिफा अल थानीले दिएको राजीनामा स्वीकृत गरी नयाँ प्रधानमन्त्री नियुक्त गरेको कतार न्युज एजेन्सीले बताएको छ ।

नवनियुक्त प्रधानमन्त्री शेख खालिफाले प्रधानमन्त्रीसँगै गृहमन्त्रालय (इन्टेरिअर मिनिस्ट्री) को जिम्मेवारी पनि सम्हाल्ने छन् । उनले अमिरसमक्ष पद तथा गोपनीयताको सपथ लिइसकेका छन् ।

याे पनि पढ्नुस  प्रतिस्ठानको सहयोगार्थ कतारमा विविध सास्कृतिक कार्यक्रम सम्पन्न

शेख खालिफ यसअघि अमिरी दिवान वा अमिरको कार्यालयका प्रमुख थिए । संयुक्त राज्य अमेरिकाबाट शिक्षा हासिल गरेका उनले ग्यास यद्योगमा समेत काम गरेका थिए ।

कमेन्ट गर्नुहोस्