नेपालसँग सिरिज खेल्नु अघि अभ्यास खेलमा अमेरिका विजयी

काठमाडौंः आइसीसी विश्वकप लिग-२ खेल्नु अघि भारतमा अभ्यास गरिरहेको अमेरिकन क्रिकेट टीम पहिलो खेलमा २८ रनले विजयी भएको छ । माघ २२ गतेदेखि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिज खेल्नु अघि आज मुम्बई युनिर्भसिटी ११ विरुद्धको अभ्यास खेलमा अमेरिका २८ रनले विजयी भएको हो ।

याे पनि पढ्नुस  यी हुन् अमेरिकाविरुद्ध नेपालले हासिल गरेका महत्वपूर्ण उपलब्धि !

टस हारेर ब्याटिङको मौका पाएको अमेरिकाले ४३.४ ओभरमा सबै विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । उसका लागि मोनाक पटेलले सर्वाधिक ४३, जाभियर मार्सहलले ३२, रोट्से थेरोनले अविजित २६ रनको योगदान दिए । बलिङमा मुम्बईका अतिफ शिखले सर्वाधिक ५ विकेट लिए ।

याे पनि पढ्नुस  त्रिकोणात्मक सिरिजः ओमानविरुद्ध नेपालको १०० रन पूरा

१ सय ८४ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको मुम्बईको टीम ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो । उसका लागि जपजीत पाण्डवाले सर्वाधिक ५७ रन बनाए । बलिङमा अमेरिकाका तिमिल पटेलले सर्बाधिक ५ विकेट लिन सफल भए ।

कमेन्ट गर्नुहोस्