सभामुख सापकोटाविरूद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौंः सभामुख निर्वाचित अग्नि सापकोटाविरूद्व परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध युद्धकालमा हत्या आरोप लागेको भन्दै उनलाई सभामुख बनाउने सत्तारुढ नेकपाको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए । साथै उनले सापकोटा सो पदका लागि अयोग्य भएको दाबी रिटमा गरेका थिए ।

याे पनि पढ्नुस  सापकोटामाथि कुनै मुद्दा छैनः अध्यक्ष दाहाल

न्यायाधीश सपना प्रधान मल्लको इजलासले सापकोटा सभामुख पदमा निर्वाचित भइ सपथ लिएर पदभारसमेत ग्रहण गरिसकेको अवस्थामा अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएको हो ।

कमेन्ट गर्नुहोस्