जनकपुरः प्रदेश २ की भौतिक, पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल झाले राज्यमन्त्री पदबाट राजीनामा दिएकी छन् । राजपाबाट राज्यमन्त्री बनेकी झाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्र्दै राजीनामा दिएको जानकारी दिएकी छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद पनि स्थिति अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पदबाट राजीनामा गरेको छु ।’
प्रदेश २ मा सरकार परिवर्तनको हल्ला चलिरहेको अवस्थामा उनको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।