पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा. रेग्मी नियुक्त

काठमाडौंः नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा. धनन्जय रेग्मीलाई नियुक्त गरिएको छ ।

पर्यटन मन्त्रालयका सचिव केदारवहादुर अधिकारी संयोजकत्वको छनौट समितिले छानेका तीन उम्मेदवारमध्ये एक नम्बरमा रहेका रेग्मीलाई मंगलबार कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बोर्डको मंगलबार बसेको बैठकले छनौट समितिको सिफारिस बमोजिम सबैभन्दा धेरै अंक ल्याएका रेग्मीलाई सर्वसम्मत रुपमा नियुक्त गरेको हो । एक साताअघि नै छनौट समितिले सिफारिस गरे पनि केही दिन नियुक्ति रोकिएको थियो ।

याे पनि पढ्नुस  भ्रष्टाचारको मुद्दा लाग्ने भएपछि राजीनामा, सफाइ पाएपछि फिर्ता

स्याङ्जाका स्थायी बासिन्दा रेग्मी जलवायु परिवर्तन तथा हिमतालहरुको अध्येता हुन् भने उनी पर्यटन क्षेत्रका पनि विज्ञ हुन् । छनौट समितिले सिइओका लागि प्रतिस्पर्धा गरेका ९ जनामध्ये लिखित र मौखिक परीक्षापछि उनीसहित हिक्मत ऐर र दिपक बस्ताकोटीलाई छनौट गरेको थियो ।

याे पनि पढ्नुस  काम नगर्नेलाई हटाउँछु, अदालत पुगेर नरुनु होला: भट्टराई

रेग्मीले नेपालको समग्र पर्यटन उद्योगको विकासका लागि योजना बनाएर काम गर्ने भन्दै तत्कालको प्राथमिकता भ्रमण वर्ष २०२० लाई सफल बनाउनु रहेको प्रतिक्रिया दिए । उनले आफू पर्यटन बोर्डमा काम गरेर देखाउन आएको र अरु कुनै लोभलालच नरहेको समेत प्रष्ट पारे ।

कमेन्ट गर्नुहोस्