नेकपा सचिवालय बैठकद्वारा केन्द्रीय समितिका ७ एजेण्डा तय

काठमाडौंः बुधबारबाट बस्ने नेकपा केन्द्रीय समिति बैठकका लागि ७ वटा एजेण्डा तयार भएका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’का अनुसार आज साँझ बसेको पार्टी सचिवालय बैठकले ७ एजेण्डा तय गरेको हो ।

केन्द्रीय समिति बैठकका एजेण्डाहरुमा सहीदहरुप्रति श्रद्धान्जली, प्रधानमन्त्रीको उदघाटन मन्तव्य, अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने, महासचिव विष्णु पौडेलको सांगठनिक योजना र विधान संशोधन प्रस्ताव पेश गर्ने एजेण्डा तय भएका प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै सातवटै प्रदेशका अध्यक्षले प्रदेशको पार्टी संगठनात्मक अवस्थाबारे रिपोर्ट पेश गर्ने, समसामयिक प्रस्ताव पेश गर्ने र विविध गरेर सातवटा एजेण्डा तयार पारिएको श्रेष्ठले जानकारी दिए । सचिवालय बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको हो । नेकपाको केन्द्रीय समिति बैठक भोली ११ बजेदेखि राष्ट्रियसभा गृहमा सुरु हुँदैछ ।

कमेन्ट गर्नुहोस्