अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउनै लाग्दा धेरै पटक आउट भएका ३ क्रिकेटर!

काठमाडौंः अन्तर्राष्ट्रिय म्याचका क्रममा शतक बनाउनै लाग्दा आउट हुँदा खेलाडीको मन कति दुख्छ होला? यो प्रश्नको जवाफ त्यो खेलाडीसँग छ होला जो पटक–पटक शतक बनाउँनै लाग्दा आउट भए ।

शतक बनाउनबाट चुक्नुको पिडा खेलाडीसँगै समर्थकलाई पनि उत्तिकै हुन्छ । शतक बनाउने कयौं क्रिकेटरको सपना हुन्छ । एक–दुई पाइला कमले मात्र सपना पूरा हुन नसक्नु अन्तिममा दुर्भाग्य ठानिन्छ । यसबीच आज अन्तर्राष्ट्रिय क्रिकेटमा ९० देखि १०० रनकोबीचमा सर्बाधिक आउट भएका क्रिकेटरबारे चर्चा गर्दैछौंः

३. राहूल द्रविडः भारतीय क्रिकेट टीमका पूर्वकप्तान राहूल द्रविडले १९९६ देखि २०१२ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेले । राहूलले भारतका लागि १६४ टेष्ट र २४४ वानडे म्याच खेलेका छन् । टेष्टमा उनले भारतका लागि १३ हजार २८८ र वानडेमा १० हजार ८९८ रन बनाएका छन् । यसक्रममा द्रविडले ४८ शतक बनाएका छन् ।

उनले २००० को दशकमा भारतका लागि शानदार प्रदर्शन गरेका थिए । र, द्रविड यसक्रममा धेरैपटक शतक पनि बनाउन चुकेका थिए । उनी ६०५ अन्तर्राष्ट्रिय पारीमा १४ पटक ९० रन बनाएर आउट भएका थिए ।

२. एबी डिभिलियर्सः ‘मिस्टर ३६० डिग्री’को उपनामले चर्चित दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर डिभिलियर्स चारै दिशामा रन बनाउन माहिर छन् । उनले सन् २००४ देखि २०१८ सम्म अन्तर्राष्ट्रिय म्याच खेलेका थिए ।

डिभिलियर्सले तीनै प्रारुपमा खेलेका ४८४ पारीमा ४८.११ को औसतमा २० हजार १४ रन बनाएका छन् । अन्तर्राष्ट्रिय करियरमा उनले आफ्नो देशका लागि कयौंपटक महत्वपूर्ण पारी खेलेका थिए । डिभिलियर्सले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा ४७ शतक बनाएका छन् ।

शतक बनाउने मामिलामा माहिर उनी कयौंपटक भने चुकेका छन् । डिभिलियर्स ४८४ पारीमा ९० भन्दा बढी रनमा १४ पटक आउट भएका छन् ।

१. सचिन तेन्दुलकरः भारतीय क्रिकेट टीमका पूर्वकप्तान सचिनलाई यो सूचीको शीर्ष स्थानमा देख्दा केही क्रिकेटप्रेमीलाई आश्चर्य पनि लाग्न सक्छ ।

विश्व क्रिकेटमा सर्बाधिक शतक बनाउने क्रिकेटरको कीर्तिमान बनाएका सचिन कयौंपटक शतक बनाउन चुकेका पनि छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ७८२ पारीमा ३४ हजार ५ सय ५७ रन बनाएका छन् ।

सचिन ९० रन बनाएर पनि २८ पटक शतक बनाउन चुकेका छन् ।

कमेन्ट गर्नुहोस्