अदालतको गेटबाटै विप्लव समूहका २ नेता पक्राउ

बुटवलः प्रतिबन्धित नेकपा ‘विप्लव’ समूहका २ नेता अदालतको गेटबाटै पक्राउ परेका छन् । प्रहरी टोलीले उच्च अदालत बुटवल इजालसको गेट बाटै बालकृष्ण शर्मा र प्रदीपबहादुर वलीलाई पक्राउ गरेको हो ।

अदालतले शर्मा र वलीलाई रिहाको आदेश दिए पनि प्रहरीले अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो ।

यसअघि पनि जिल्ला अदालत दाङले धरौटीमा रिहा गर्दा तत्कालै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका शर्मा र वलीलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्