कसरी बच्ने एपेन्डिसाइटिसबाट? यस्ता छन् लक्षण र उपचार विधि

काठमाडौंः पेटको दाहिनेतर्फ मुनिपट्टी रहेको थैली आकारको अंगलाई एपेन्डिक्स भनिन्छ । जब एपेन्डिक्स सुनिन्छ यसलाई एपेन्डिसाइटिस भनिन्छ ।

एपेन्डिसाइटिस हुँदा पेटको तल्लो भागमा दुखाई हुने गर्दछ । यो जुनै उमेरका मानिसलाई पनि हुने गर्दछ । एपेन्डिसाइटिस भएमा यसलाई शल्यक्रिया गरेर हटाइन्छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, आजै अपरेशन गरिदै

एपेन्डिसाइटिसको लक्षण

एपेन्डिसाइटिस हुँदा नाइटो आसपासमा धेरै नै दुख्छ । यो दुखाई पेटको तलतिर दाहिने भागमा सर्न थाल्दछ । खोक्दा, हिँड्दा वा जिउ तन्काउँदा समेत यसको दुःखाई बढ्ने गर्दछ । यस्तो बेला खाना अरुचि हुने, ज्वरो आउँने, पेट फुल्ने, चक्कर आउने वा बान्ता समेत हुनसक्छ ।

याे पनि पढ्नुस  उदासीनताका लक्षण र रोकथाम

उपचार

एपेन्डिसाइटिसको उपचार ढिला भएमा गम्भीर समस्या आउन सक्छ । कतिपय अवस्थामा एपेन्डिक्स फुट्दा पेटमा संक्रमण समेत हुन्छ । यस्तोमा तत्काल चिकित्सकको परामर्श अनुसार शल्यक्रिया गरी एपेन्डिक्स हटाउनुपर्छ । साथै पेटको क्याभिटी पनि सफा गर्नुपर्छ । यसको उपचार भनेकै शल्यक्रिया गरेर एपेन्डिसलाई फाल्नु रहेको चिकित्सकहरु बताउँछन ।

कमेन्ट गर्नुहोस्