न्युनचापिय प्रणालीः पश्चिमी क्षेत्रमा हिमपात र वर्षा जारी, काठमाडौंमा पनि पानी पर्ने

काठमाडौंः अहिले पश्चिमका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ। पश्चिमी न्युन चापिय प्रणालीको असरका कारण पश्चिमी भेगमा पानी परीरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा हिमपात हुँदा जनजिवन कष्टकर भएको छ। पश्चिमी क्षेत्रमा भोली बेलुकासम्मै पानी पर्दै रोकिदै गर्ने संभावना रहेको महाशाखाले जनाएको छ। न्युनचापिय प्रणालीका कारण मध्य र पूर्वका अधिकासं स्थानको मौसम पनि अहिले बदली भएको छ तर पानी भने परेको छैन्।

विहान र दिउँसो सफा रहेपनि काठमाडौंसहित मध्य र पूर्वमा बेलुकीपख पानी पर्ने महाशाखाकी मौसमवीद् गंगा नगरकोटीले जानकारी दिइन्।

काठमाडौं उपत्यकामा गएराति पनि हल्का पानी परेको थियो। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्