टी–२० सिरिजः न्यूजिल्याण्डविरुद्ध आज भारतलाई इतिहास रच्ने अवसर

काठमाडौंः भारत र न्यूजिल्याण्डबीचको टी–२० क्रिकेट सिरिजको तेस्रो म्याच आज हुँदैछ । न्यूजिल्याण्ड–भारतबीचको म्याच नेपाली समयअनुसार दिउँसो १२ः४५ देखि सुरु हुनेछ ।

सिरिजमा लगातार २ म्याचमा विजयी भइसकेको भारतले आजको खेल पनि आफ्नो पक्षमा पार्दै सिरिज नै २ खेल अगावै जित्न चाहन्छ । यता न्यूजिल्याण्डलाई सिरिजमा आफूलाई जिवितै राख्न जित अनिवार्य छ ।

सिरिजको पहिलो खेलमा भारत ६ र दोस्रो म्याचमा ७ विकेटले विजयी भएको थियो । हालसम्म भारतले न्यूजिल्याण्डमा टी–२० क्रिकेट सिरिज जित्न सकेको छैन । भारतले १२ वर्षदेखि न्यूजिल्याण्डसँग उसकै घरेलु मैदानमा टी–२० सिरिज खेल्न लागेको हो । यदि आजको खेल भारतले जिते उसले इतिहास रच्न सफल हुनेछ ।

भारत र न्यूजिल्याण्डबीच हालसम्म ४ टी–२० सिरिज भएका छन् । जसमा दुवै देशले २–२ सिरिजको आयोजना गरेका थिए । ४ सिरिजमा भारतले एक श्रृंखला मात्र २०१७ मा आफ्नो नाममा बनाएको थियो ।

विराटले तोड्न सक्छन् तीन कीर्तिमान

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले एकपछि अर्को कीर्तिमान बनाइरहेका छन् । विश्व क्रिकेटका चर्चित कप्तान विराटले आज फेरि केही कीर्तिमान आफ्नो नाममा बनाउने सम्भावना बढेको छ । यदि उनले आजको म्याचमा २५ रन बनाउन सके पूर्वकप्तान महेन्द्रसिंह धोनीको रेकर्ड भंग गर्ने छन् ।

भारतका लागि टी–२० मा कप्तानका रुपमा सर्बाधिक रन बनाउने खेलाडीको सूचीमा अहिले धोनी शीर्ष स्थानमा छन् । उनले टी–२० मा कप्तानका रुपमा १ हजार एक सय १२ रन बनाएका छन् ।

यो सूचीमा दक्षिण अफ्रिकाका कप्तान फाफ डुप्लेसिस शीर्ष स्थानमा छन् । उनले कप्तानका रुपमा टी–२० मा १२ सय ७३ रन बनाएका छन् । यस्तै न्यूजिल्याण्डका कप्तान केन विलियिम्सन (११४८) दोस्रो र धोनी (१११२) तेस्रो स्थानमा छन् ।

सर्बाधिक अर्धशतक बनाउने वर्तमान कप्तान!

बुधबार विराटले सर्बाधिक अर्धशतक बनाउने वर्तमान कप्तानको कीर्तिमान बनाउने सम्भावना पनि बलियो छ । यदि सिरिजको तेस्रो खेलमा अर्धशतक बनाउन सके विराटले केन विलियम्सन र फाफ डुप्लेसिसलाई पछि पार्ने छन् । अहिलेसम्म यी तीनै कप्तानले समान ८ अर्धशतक बनाएका छन् ।

सर्बाधिक छक्का प्रहार गर्ने दोस्रो कप्तान!

विराटले बुधबार सर्बाधिक छक्का प्रहार गर्ने कप्तानको सूचीमा दोस्रो स्थानमा उक्लिने सम्भावना पनि छ । यदि उनले ७ छक्का प्रहार गर्नसके टी–२० मा सर्बाधिक छक्का प्रहार गर्ने वर्तमान कप्तानको सूचीमा विराट दोस्रो स्थानमा उक्लिने सम्भावना बढेको हो । उनी बुधबार ७ छक्का प्रहार गरे टी–२० मा ५० अर्धशतक पूरा गर्ने दोस्रो कप्तान बन्ने छन् । यो सूचीको शीर्ष स्थानमा इंग्ल्याण्डका टी–२० कप्तान इओन मोर्गन छन् ।

कमेन्ट गर्नुहोस्