इपीएलः स्पिनर अनिल खरेल महँगो मूल्यमा पारसको टिममा अनुबन्ध

काठमाडौंः आसन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) युवा स्पिनर अनिल खरेल सर्वाधिक महँगो मूल्यमा टीममा अनबुन्ध भएका छन् । उनलाई पारस खड्का कप्तान रहेको विराटनगर वारियर्सले १ लाख २७ हजार रुपैयाँ खर्चंदै टीममा अनुबन्ध गरेको हो ।

अनिल दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्स्पर्ट धनगढी ब्लुजबाट ५ खेलमा ८ विकेट लिँदै उदीयमान खेलाडी घोषित भएका थिए । जसको फाइदा उनलाई इपिएलमा परेको छ । विराटनगरले अर्का लेग स्पिनर बिक्रम कुमार भूषाललाई १ लाख १७ हजार र ब्याट्सम्यान सौरभ खनाललाई १ लाख ७ हजार रुपैयाँमा अनुबन्ध गरेको छ । सौरभलाई पोखरा राइनोजले ‘रिलिज’ गरेको थियो ।

याे पनि पढ्नुस  भुटानविरुद्ध नेपालको चौका–छक्का, पारसको शानदार अर्धशतक

शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्याडियटर्सले सुदूरपश्चिम प्रदेशका तीब्र गतिका बलर विकास आग्रीलाई ५० हजार र विकेटकिपर हिमांशु दत्तलाई ५५ हजारमा टोलीमा भित्र्याएको छ । चितवन टाइगर्सले युवा ब्याट्सम्यान तथा विकेटकिपर खडक बोहरालाई ५० हजारमा टीममा अनुबन्ध गरेको छ ।

याे पनि पढ्नुस  पाकिस्तानी क्रिकेटरले इपीएल नखेल्ने

काठमाडौं किंग्स ११ ले तीब्र गतिका बलर अमृत भट्टाई र दीपेन्द्र रावतलाई समान ५१ हजार खर्चेको छ । काठमाडौंले यू–१९ का अलराउन्डर शेर मल्ललाई ८६ हजार रुपैयाँमा खर्चेको छ । शेरले पछिल्लो समय यू–१९ र घरेलु प्रतियोगितामा राम्रो प्रर्दशन गर्दै आएका छन् ।

याे पनि पढ्नुस  एभरेष्ट प्रिमियर लिगः श्रीलंकन पूर्वकप्तान थरंगा ललितपुरमा अनुबन्ध

पोखरा राइनोजले यू–१९ टोलीका कप्तान रित गौतमलाई १ लाख २० हजार रुपैयाँ खर्चेर टीममा भित्र्याएको छ । पोखराले चितवन राइनोजका पूर्वकप्तान पृथु बास्कोटालाई ७५ हजार, यू१९ का तीब्र गतिका बलर विवेक कुमार यादवलाई ६० हजार र बिपिन रावललाई ५० हजार रुपैयाँमा अनुबन्ध गरेको छ ।

कमेन्ट गर्नुहोस्