बसले प्रहरी भ्यानलाई ठक्कर दिंदा प्रहरी इन्स्पेक्टरसहित छजना घाइते

हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडामा बसले प्रहरी भ्यानलाई ठक्कर दिंदा प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित छजना घाइते भएका छन्।

काँकडभिट्टाबाट धनगढी जाँदै गरेको ना ५ ख ५५८२ नम्बरको बसले मंगलबार राति गस्तीमा रहेको ना १ झ १४१७ नम्बरको प्रहरी भ्यानलाई ठक्कर दिंदा वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीसहित छजना घाइते भएका हुन्।

याे पनि पढ्नुस  मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

हेटौंडा उपमहानगरपालिका–११ राप्तीपुल नजिक भएको दुर्घटनामा प्रहरी निरीक्षक भण्डारीसहित चार प्रहरी र बसमा सवार दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिए।

प्रहरी निरीक्षक भण्डारीसहित तीन घाइतेको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने घाइते प्रहरीहरु उपचारपछि डिस्चार्ज भएका छन् । बस र चालक प्रहरी नियन्त्रणमा छन्।

कमेन्ट गर्नुहोस्