काठमाडौंः पछिल्लो समय लगातार भारतीय टीमको प्लेइङ ११ मा पर्न असफल भइरहेका ब्याट्सम्यान–विकेटकीपर ऋषभ पन्तले आज पनि मौका पाउने सम्भावना न्यून छ । आज भारतले न्यूजिल्याण्ड विरुद्धको टी–२० सिरिजको तेस्रो म्याच खेल्दै छ ।
सिरिजमा २ खेलमा विश्राम पाएका पन्तले आज पनि प्लेइङ ११ मा स्थान बनाउने सम्भावना न्यून रहेको भारतीय मिडियाले लेखेका छन् । उनले अन्तिमपटक अष्ट्रेलियासँगको वानडे सिरिजको पहिलो म्याच खेलेका थिए ।
उक्त खेलमा पन्तको हेलमेटमा बल लागेको थियो । र, दोस्रो इनिङ्समा उनी विकेटकीपिङ गर्न आएका थिएनन् । उनको भूमिका केएल राहूलले पाएका थिए । अष्ट्रेलिया विरुद्धको वानडे सिरिजको दोस्रो र अन्तिम म्याचमा उनले मौका नै पाएनन् । त्यसपछि पन्त लगातार प्लेइङ ११ बाट नै बाहिर छन् ।
पन्तको भूमिकामा राहूल आएपछि उनले ब्याटिङका साथै विकेटकीपिङ पनि राम्रै गरिहरका छन् । भारतीय सञ्चारमाध्यमले त यो पनि लेख्न थालेका छन् कि तत्कालका लागि पन्तको क्रिकेट करियर संकटमा पर्याे!
न्यूजिल्याण्डसँगको टी–२० सिरिजको पहिलो र दोस्रो म्याचमा फराकिलो जित हात पारेकाले भारतले अघिल्लो प्लेइङ सेटलाई नै मैदान उतार्ने सम्भावना छ । यसो भएमा पन्त आज पनि बेन्चमै बस्ने सम्भावना छ । न्यूजिल्याण्डको प्लेइङ ११ मा भने आज परिवर्तन देख्न सकिने सम्भावना छ ।
भारतको सम्भावित प्लेइङ ११ः रोहित शर्मा, केएल राहुल, विराट कोहली, श्रेयस अय्यर, मनीष पाण्डे, शिवम दुबे, रवीन्द्र जडेजा, शार्दुल ठाकुर युजवेन्द्र चहल, मोहम्मद शामी र जसप्रीत बुमराह ।
न्यूजिल्याण्डको सम्भावित प्लेइङ ११ः मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियमसन (कप्तान), कोलिन डि ग्रान्डहोम, रस टेलर, टिम सेफर्ट, मिचेल सान्टनर ईश सोधी, टिम साउथी, ब्लेयर टिकनर र स्कट कुज्जेलिजन र हमीश बेनेट ।