टी–२० सिरिजः भारतलाई आज ब्याटिङको निम्तो, प्लेइङ ११ मा को–कोले पाए मौका ?

काठमाडौंः भारत विरुद्धको टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा न्यूजिल्याण्डले टस जितेर बलिङ रोजेको छ । भारत र न्यूजिल्याण्डबीचको तेस्रो खेल दिउँसो १२ः४५ बजेदेखि सुरु हुनेछ ।

पाँच खेलको सिरिजमा लगातार २ म्याचमा विजयी भइसकेको भारतले आजको खेल पनि आफ्नो पक्षमा पार्दै सिरिज नै २ खेल अगावै जित्न चाहन्छ । यता न्यूजिल्याण्डलाई सिरिजमा आफूलाई जिवितै राख्न जित अनिवार्य छ ।

याे पनि पढ्नुस  भारतमा कोरोना स‌ंक्रमितको संख्या ९ लाख नाघ्यो

सिरिजको पहिलो खेलमा भारत ६ र दोस्रो म्याचमा ७ विकेटले विजयी भएको थियो । हालसम्म भारतले न्यूजिल्याण्डमा टी–२० क्रिकेट सिरिज जित्न सकेको छैन । भारतले १२ वर्षदेखि न्यूजिल्याण्डसँग उसकै घरेलु मैदानमा टी–२० सिरिज खेल्न लागेको हो । यदि आजको खेल भारतले जिते उसले इतिहास रच्न सफल हुनेछ ।

भारत र न्यूजिल्याण्डबीच हालसम्म ४ टी–२० सिरिज भएका छन् । जसमा दुवै देशले २–२ सिरिजको आयोजना गरेका थिए । ४ सिरिजमा भारतले एक श्रृंखला मात्र २०१७ मा आफ्नो नाममा बनाएको थियो ।

याे पनि पढ्नुस  भारतमा एकैदिन थपिए साढे ९० हजार कोरोना संक्रमित

न्यूजिल्याण्डसँगको टी–२० सिरिजको पहिलो र दोस्रो म्याचमा फराकिलो जित हात पारेकाले भारतले अघिल्लो प्लेइङ सेटलाई नै मैदान उतारेको छ । न्यूजिल्याण्डको प्लेइङ ११ मा भने आज एक परिवर्तन देख्न पाइने भएको छ ।

भारतको सम्भावित प्लेइङ ११ः रोहित शर्मा, केएल राहुल, विराट कोहली, श्रेयस अय्यर, मनीष पाण्डे, शिवम दुबे, रवीन्द्र जडेजा, शार्दुल ठाकुर युजवेन्द्र चहल, मोहम्मद शामी र जसप्रीत बुमराह ।

याे पनि पढ्नुस  भारतमा कोरोनाको नयाँ रेकर्ड, बन्यो बढी संक्रमित विश्वकै तेस्रो मुलुक

न्यूजिल्याण्डको सम्भावित प्लेइङ ११ः मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियमसन ९कप्तान०, कोलिन डि ग्रान्डहोम, रस टेलर, टिम सेफर्ट, मिचेल सान्टनर ईश सोधी, टिम साउथी, र स्कट कुज्जेलिजन ।

कमेन्ट गर्नुहोस्