टी–२० सिरिजः भारतले एकै ओभरमा गुमायो महत्वपूर्ण २ विकेट !

काठमाडौंः न्यूजिल्याण्ड विरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा भारतीय टीमले एकै ओभरमा २ विकेट गुमाएको छ । भारतले रोहित शर्मालाई ६५ र शिबम दुबेलाई ३ रनमा एकै ओभरमा गुमाएको हो ।

सिरिजको पहिलो र दोस्रो खेलमा सस्तैमा आउट भएका रोहितले आज भने उत्कृष्ट ब्याटि गरे । उनले सिरिजको तेस्रो खेलमा ४० बलमा ३ छक्का र ६ चौका प्रहार गर्दै ६५ रन बनाए । टस हारेर ब्याटिको मौका पाएको भारतले यो समाचार तयार पार्दासम्म १२ ओभरमा ३ विकेट गुमाएर ९९ रन बनाएको छ ।

याे पनि पढ्नुस  सन् २०१९ मा सर्बाधिक रन बनाउने ५ क्रिकेटर

पाँच खेलको सिरिजमा लगातार २ म्याचमा विजयी भइसकेको भारतले आजको खेल पनि आफ्नो पक्षमा पार्दै सिरिज नै २ खेल अगावै जित्न चाहन्छ । यता न्यूजिल्याण्डलाई सिरिजमा आफूलाई जिवितै राख्न जित अनिवार्य छ ।

सिरिजको पहिलो खेलमा भारत ६ र दोस्रो म्याचमा ७ विकेटले विजयी भएको थियो । हालसम्म भारतले न्यूजिल्याण्डमा टी–२० क्रिकेट सिरिज जित्न सकेको छैन । भारतले १२ वर्षदेखि न्यूजिल्याण्डसँग उसकै घरेलु मैदानमा टी–२० सिरिज खेल्न लागेको हो । यदि आजको खेल भारतले जिते उसले इतिहास रच्न सफल हुनेछ ।

याे पनि पढ्नुस  अमेरिकाद्वारा पाक सेनालाई १३ अर्ब सैन्य सहायता दिने निर्णयमा भारतको आपत्ती, साउथ ब्लकले बोलायो राजदूत

भारत र न्यूजिल्याण्डबीच हालसम्म ४ टी–२० सिरिज भएका छन् । जसमा दुवै देशले २–२ सिरिजको आयोजना गरेका थिए । ४ सिरिजमा भारतले एक श्रृंखला मात्र २०१७ मा आफ्नो नाममा बनाएको थियो ।

न्यूजिल्याण्डसँगको टी–२० सिरिजको पहिलो र दोस्रो म्याचमा फराकिलो जित हात पारेकाले भारतले अघिल्लो प्लेइङ सेटलाई नै मैदान उतारेको छ । न्यूजिल्याण्डको प्लेइङ ११ मा भने आज एक परिवर्तन देख्न पाइने भएको छ ।

याे पनि पढ्नुस  भारतः भिडले मारेको किसानको परिवारद्वारा न्याय नपाएसम्म लड्ने प्रण

भारतको सम्भावित प्लेइङ ११ः रोहित शर्मा, केएल राहुल, विराट कोहली, श्रेयस अय्यर, मनीष पाण्डे, शिवम दुबे, रवीन्द्र जडेजा, शार्दुल ठाकुर युजवेन्द्र चहल, मोहम्मद शामी र जसप्रीत बुमराह ।

न्यूजिल्याण्डको सम्भावित प्लेइङ ११ः मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियमसन, कोलिन डि ग्रान्डहोम, रस टेलर, टिम सेफर्ट, मिचेल सान्टनर ईश सोधी, टिम साउथी, र स्कट कुज्जेलिजन ।

कमेन्ट गर्नुहोस्