काठमाडौंः हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’ बुबा बनेका छन् ।
गत वर्ष बिहे गरेका राईकी श्रीमती सरिना लामाले पहिलो सन्तानका रूपमा बुधबार बिहान छोरालाई जन्म दिएकी छन् ।
सन् १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राईको आज ३४ औँ जन्मदिन पनि रहेको छ । अर्को वर्षदेखि राईले आफ्नो र छोराको जन्मदिन एकैदिन मनाउने छन् ।
विल्सन बाबु बनेपछि धेरैले उनलाई बधाई दिइरहेका छन् ।