काठमाडौंः भारतको महाराष्ट्रस्थित नासिकमा तीव्र गतिमा रहेको रहेको एक बस मंगलवार अटोरिक्सासँग ठोकिएपछि ६० फिट गहिरो इनारमा खसेको छ । बस दुर्घटनामा सात वर्षीया बालिकासहित २७ जनाको मृत्यु भएको छ ।
आपतकालीन कर्मचारीहरूले रातभरिमा राज्य परिवहनको बसलाई इनारबाट निकालेका छन् । अनि मृतकहरूको शरीर पनि निकालेका छन् । बसमा ४२ जना यात्रु थिए भने अटोरिक्सामा १० जना चढेका थिए । अटोरिक्सा पनि इनारमा खसेको थियो ।
३२ जनालाई चोटपटक लागेको र अस्पताल लगिएको वरिष्ठ प्रहरी अधिकारी वासुदेव देसालेले बताए । भारतका सडकमा प्रतिवर्ष डेढ लाख मानिसको मृत्यु हुने गरेको छ । गैरजिम्मेवार हँकाइ, खराब सडक र यात्रुको भीडका कारण दुर्घटना हुने गरेका छन् । एजेन्सी