प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि छलफल शुरू

काठमाडौंः तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओबादी केन्द्रबीच २०७५ साल जेठ ३ गते पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पाटी (नेकपा) भएको २ बर्षपछि केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक बसेको हो ।

अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिबेदनमा पार्टीको राष्ट्रिय महाधिवेशन २०७७ साल चैत्र २५ देखि ३० गतेसम्म सम्पन्न गर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय महाधिवेशन अघि २०७७ साल भदौदेखि मंसिरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव पनि गरिएको छ ।

राजनीतिक प्रतिवेदनमा २०७७ साउन महिनाको दोश्रो हप्तामा जिल्ला कमिटीले आ–आफ्नो जिल्लाको अभियानमा समिक्षा गर्ने र प्रतिबेदन तयार गरी प्रदेश कमिटीमा पठाउने, साउन महिनाको तेस्रो हप्तामा प्रदेश कमिटीले आ–आफ्नो प्रदेशको अभियानको समिक्षा गर्ने र प्रतिबेदन तयार गरी केन्द्रीय कमिटीमा पठाउने र साउन महिनाको चौथो हप्तामा केन्द्रीय कमिटीले समग्र अभियानको समिक्षा गर्ने र प्रतिबेदन पारित गर्ने प्रस्ताव गरिएको छ ।

यस्तो छ प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

कमेन्ट गर्नुहोस्