अध्यक्ष थापाको प्रतिवेदन अनुमोदन

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी पेस गरेको प्रतिवेदन सर्वसम्मतले अनुमोदन भएको छ । थापाको अध्यक्षतामा बुधबार पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त प्रतिवेदन अनुमोदन गरेको हो ।

उपरोक्त प्रतिवेदन माघ १७ गतेदेखि काठमाडौंमा बस्ने केन्द्रीय कार्य समितिको पूर्ण बैठकमा पेश गरिने पार्टी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।बैठकमा महामन्त्री भास्कर भद्राद्वारा सचिवालय र आगामी कार्यक्रमसम्बन्धी प्रतिवेदन र सहायक कोषाध्यक्ष निना भेटवालद्वारा आर्थिक प्रतिवेदन पेश भएको छ । उक्त प्रतिवेदनहरु पनि केन्द्रीय समितिको बैठकमा पेश हुनेछ ।

याे पनि पढ्नुस  गीता छोएर कमल थापाको ‘कसम’: अब पार्टी फुटाउँदिन

यस्तै केन्द्रीय महाधिबेशन पार्टीको मुख्य कार्यक्रम हुनेछ । केन्द्रीय महाधिबेशनका लागि यस अघिको बैठकमा जिम्मेवारी दिएका उपाध्यक्ष तोरणबहादुर गुरुङले बैठकमा पेश भएको सांगठनिक तह निर्वाचनसम्बन्धी नियमावली २०७६, निर्वाचन निर्देशिका २०७६ र निर्वाचन कार्यतालिकालाई सामान्य परिमार्जनसहित अनुमोदन गरिएको थियो । उक्त निर्देशिका पनि माघ १७ गते बस्ने पूर्ण बैठकमा पेश गरिने विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्