ए डिभिजन लिग: संकटामाथि मनाङको सहज जित

काठमाडौंः मनाङ् मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबलाई हराएको छ । मनाङ्गले संकटामाथि ३–० को जित हात पारेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा मनाङ्ले संकटामाथि जित हात पार्दा दोस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानको त्रिभुवन आर्मीको २० अङ्क रहेको छ ।

संकटामाथि जित हात पार्न मनाङ्ले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गर्यो । पहिलो हाफको ४१ औं मिनेटमा संकटाका अमित तामाङले आत्मघाती गोल गरेपछि मनाङले खेलमा १–० को अग्रता लियो ।

अञ्जन विष्टले फेमीको पासमा ४३ औं मिनेटमा गोल थप्दै मनाङ्को अग्रतालाई दोब्बर पारे । ७१ औं मिनेटमा निशान लिम्बूले गोल थप्दा मनाङ्ले संकटामाथि ३–० को सहज जित हात पार्न सफल भयो ।

कमेन्ट गर्नुहोस्