सुटिङका क्रममै पक्राउ परे शाहरुख खान, यस्तो छ कारण !

काठमाडौंः बलिउड स्टारहरुको हिरासतसम्म पुग्नु कुनैं नौलो होइन । कुनै घटनाका करण उनीहरु जेल पनि जान्छन् । संजय दत्तदेखि सलमान खानसम्म हिरासत पुगेकै हुन् । यीनै बिच रोमान्सको किंग भनेर चिनिने बलिउड अभिनेता शाहरुख खान पनि जेल पुगेका छन् । एक पटक आफ्नो रिसका कारण उनी प्रहरी हिरासत जानु परेको थियो ।

शाहरुख खान हालसालै एक कार्यक्रममा पुगेका थिए । त्यस समयमा उनले आफ्नो जीवनका धेरै कथाहरू बारे खुलासा गरेका छन् । कार्यक्रममा प्रहरीले पक्राउ गरेको शाहरुखले एउटा किस्सा सुनाए ।

शोको क्रममा शाहरुख खानलाई धेरै बर्ष अघि एउटा पत्रिकामा प्रकाशित एउटा लेखको बारेमा सोधिएको थियो जसमा उनी जेल जानुको कारण बन्यो । शाहरुखले सो पत्रिकामा छापिएको लेख पढेपछि यति रिसाए कि उनले पत्रिकाको सम्पादकलाई टोलिफोनबाट धम्की दिए । जसमा सम्पादकले उनीलाई शान्त हुन र लेखलाई मजाकको रूपमा लिनलाई बारम्बार आग्रह गरे ।

शाहरुखले सम्पादकको कार्यबाट रिसाए र सीधै पत्रिकाको कार्यालयमा गएर रिसाउदै दुर्व्यवहार गरे । यसपछि दोस्रो दिन शाहरुखको सुटिङ स्थलमा प्रहरीहरु आइपुगे र उनीहरूसँगै हिड्न भने । यहाँ चाखलाग्दो कुरा के छ भने शाहरुखले ती प्रहरीहरू उनका प्रशंसकहरू भएको सम्झिए । उनीहरूसँग भेट्न चाहन्छन् र उनीसँग जाने निम्तो दिइरहेका छन् । तर पछि उनले पत्रिकाको सम्पादकको उजुरीमा उनलाई पक्राउ गर्न आएको बुझे ।

शाहरुखले भने, ‘त्यस समयमा प्रहरीले मलाई पक्रियो र हिरासतको एउटा कोठामा राख्यो । मैले त्यहि पहिलो पटक प्रहरी हिरासत देखे जुन एकदम सानो ठाउँमा बनाइएको थियो र धेरै फोहर थियो । त्यहाँ मल र मूत्रका थुप्रा थिए ।’ शाहरुखले एक दिन प्रहरी हिरासतमा बिताउनुर्पयो र बेल पनि पाएका थिए ।

कुरा १९९३ को फिल्म ‘माया मेमसाहब’ हो । जसमा शाहरुखले फिल्म निर्देशककी श्रीमतीसँग एक प्रेम दृश्य बनाउनुपरेको थियो । ९० को दशकमा यस्ता सिमहरू एकदम बोल्ड मानिन्थ्यो ।

यस फिल्मको दृश्यको बारेमा म्यागजिनका सम्पादकले लेखेका थिए, फिल्मका निर्देशक केतन मेहताले शाहरुखलाई एक रात आफ्नी श्रीमतीसँग बस्न आग्रह गरे ताकि उनीहरूले एक अर्कालाई चिनुन् र प्रेम दृश्य शूट गरुन् ।

यो लेख पढेर शाहरुख रिसाए । त्यसपछि पत्रिकाको अफिसमा गए र लेखकलाई मार्ने धम्की दिए ।

कमेन्ट गर्नुहोस्