बिरामीले पैसा तिरेर रगत लिनुपर्ने बाध्यता अन्त्य गरिने छः अध्यक्ष प्रचण्ड

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले रगतको अभावमा छट्पटाइरहेका बिरामीले पैसा तिरेर रगत लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आज काठमाडौँमा आयोजित १४ औंँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस समारोहमा उनले भने, ‘दाताले रगत दिइरहने तर पीडितले पैसा तिरेर मात्रै रगत लिनुपर्ने अन्तरविरोधको समाधान छिटोभन्दा छिटो हुनुपर्दछ ।’

याे पनि पढ्नुस  पार्कर खेलाडी दिनेशलाई प्रचण्डको हातबाट गिनिज बुक रेडर्कको प्रमाणपत्र

अध्यक्ष प्रभण्डले नेकपाको अध्यक्ष र सरकारको नेतृत्व गर्ने पार्टी नेताको हैसियतमा अन्तरविरोध समाधान गर्न आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जीवनको आधार नै रगत हो भन्दै रगतलाई सर्वसुलभ र सहज कसरी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपाल रेडक्रम सोसाइटीका केन्द्रीय महामन्त्री देवरत्न धाख्वाले कुनै पनि ठाउँमा रगत उत्पादन गर्ने कुरा नभइ मान्छेले नै मान्छेलाई दिनुपर्ने हुँदा रगत दानका लागि सर्वसाधारणमा चेतना र प्रोत्साहन जरुरी रहेको बताए ।

याे पनि पढ्नुस  लिम्पियाधुरा महाकाली नदी पूर्वको भू–भाग हाम्रो हो, अरूको हुन दिँदैनौः अध्यक्ष प्रचण्ड

थालेसिमिया समाजका अध्यक्ष दुर्गा पाठकले रगत र थालेसिमियाका बिरामीको सम्बन्ध नङ र मासुको जस्तै रहेको उल्लेख गरे । सो अवसरमा अध्यक्ष प्रचण्डले १० जना रक्तदातालाई कदरपत्रद्वारा सम्मान गर्नुका साथै समाजले प्रकाशन गरेको ‘हाम्रो रगत पुस्तक’को लोकार्पण पनि गरे ।

कमेन्ट गर्नुहोस्