काठमाडौंमा बंगलादेशी व्यापारीको हत्या

काठमाडौंः काठमाडौंमा बंगलादेशी नागरिकको हत्या भएको छ ।

सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा बंगलादेशी नागरिक ४५ वर्षीय मोहिद्दिन अहमदउनको हत्या भएको हो ।

अहमद ट्राभल एजेन्सी सञ्चालक हुन् । एक साताअघि उनको हत्या भएपनि घटना भने ढिला गरी सार्वजनिक भएको हो ।

याे पनि पढ्नुस  यूएईमा २ नेपालीको हत्या

महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी रुगम कुँवरका अनुसार बोतलले टाउकोमा हानेको अवस्थामा अहमदउनको शव भेटिएको हो ।

घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए । अहमद क्यासिनोका नियमित ग्राहक भएको बताइएको छ । उनीसँगै होटलमा बसेका एक जना फरार छन् ।

कमेन्ट गर्नुहोस्