जोफ्राले दक्षिण अफ्रिका विरुद्धको टी–२० सिरिज गुमाउने

काठमाडौंः इंग्ल्याण्ड क्रिकेट टीमका स्टार बलर जोफ्रा आर्चरले दक्षिण अफ्रिका विरुद्धको टी–२० सिरिज गुमाउने भएका छन् ।

चोटका कारण उनले दक्षिण अफ्रिका विरुद्धको टी–२० सिरिज गुमाउने भएका हुन् । आर्चरको स्थानमा इंग्ल्याण्डले टोलीमा शकिव महूमदलाई मौका दिएको छ ।

इंग्ल्याण्डले दक्षिण अफ्रिकासँग तीन खेलको टी–२० सिरिज १२ फेब्रुअरीदेखि खेल्दै छ ।

त्यसअघि इंग्ल्याण्डले दक्षिण अफ्रिकासँग तीन म्याचकै वानडे सिरिज पनि खेल्दै छ ।

कमेन्ट गर्नुहोस्