यू–१९ विश्वकपः वेष्ट इन्डिजलाई हराउँदै न्यूजिल्याण्ड सेमिफाइनलमा

काठमाडौंः दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपमा वेष्ट इन्डिजलाई हराउँदै न्यूजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । आज क्वाटर फाइनल खेलमा वेष्ट इन्डिजलाई २ विकेटले हराउँदै न्यूजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

न्यूजिल्याण्डको जितमा क्रिस्टियन क्लार्क र जोए फिल्ड नायक सावित भए । क्लार्कले ४२ बलमा १ छक्का र ३ चौकाको मद्दतमा अविजित ४६ र फिल्डले ५८ बलमा ३ चौका हिर्काउँदै नटआउट ३८ रनको योगदान दिए । उनीहरुबीच नवौं विकेटका लागि ८६ रनको साझेदारी भएको थियो ।

वेष्ट इन्डिजले दिएको २ सय ३९ रनको लक्ष्य न्यूजिल्याण्डले ४९.४ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । यसअघि टस जितेर ब्याटिङ रोजेको वेष्ट इन्डिजले ४७.५ ओभरमा सबै विकेट गुमाएर २ सय ३८ रन बनायो ।

उसका लागि कर्क म्याकेन्जीले सर्बाधिक ९९ रन बनाए । बलिङमा न्यूजिल्याण्डका क्रिस्टियन क्लार्कले सर्बाधिक ४ विकेट लिए । ब्याटिङ–बलिङमा चम्किँएका उनी आज ‘म्यान अफ द’म्याच घोषित भए ।

कमेन्ट गर्नुहोस्