बीबीसीका ४५० कर्मचारीको जागिर गुम्यो

काठमाडौंः बेलायती प्रसारण संस्था बीबीसीका ४५० जनाको रोजगारी गुमेको छ । खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकहरुको आवश्यकता बदलिएको भन्दै बीबीसीले उनीहरुलाई अवकास दिइएको जनाएको छ ।

बीबीसीले आज गरेको घोषणा अनुसार लामो अनुसन्धान र छलफलपछि कर्मचारी कटौती गर्ने अप्रिय निर्णय गर्नु परेको हो ।

‘बीबीसीले आफ्ना दर्शक तथा स्रोताको नयाँ चाहना र आवश्यकताका कारण नयाँ चुनौती सामना गर्नु परेको छ, त्यही अनुसार हामीले पनि नयाँ कदमहरु चाल्न थालेका छौँ’ बीबीसीका समाचार तथा समसामयीक मामिला प्रमुख फ्रान अनस्वार्थले भने ।

कमेन्ट गर्नुहोस्