टेष्ट क्रिकेटमा डेब्यू म्याचमै सर्बाधिक रन बनाउने ३ भारतीय क्रिकेटर

काठमाडौंः आइसीसी विश्व टेष्ट च्याम्पियनशिपमा भारतीय टीम ७ म्याचमा ७ खेलमै जित हासिल गरे शीर्ष स्थानमा छ । अहिले भारत न्यूजिल्याण्ड भ्रमणमा व्यस्त छ । र, उसले त्यहाँ दुई टेष्ट म्याच खेल्ने छ । यसैबीच आज भारतीय टीमका लागि डेब्यू म्याचमै सर्बाधिक रन बनाउने तीन खेलाडीको बारेमा चर्चा गर्दैछौं । यो सूचीमा मुख्य तीन भारतीय खेलाडीको नाम आउँछ–

३. लाला अमरनाथः यो सूचीको तेस्रो स्थानमा पूर्वभारतीय खेलाडी अमरनाथको नामको आउँछ । उनले आफ्नो टेष्ट करियरमा २४ म्याच खेलेका थिए । जसमा अमरनाथले ४० पारीमा ८ सय ७८ रन बनाएका थिए । त्यसक्रममा उनले एक शतक र ४ अर्धशतक बनाएका थिए ।

याे पनि पढ्नुस  आइपीएलमा धेरै चौका प्रहार गर्ने ५ क्रिकेटर

लालाले १५ डिसेम्बर १९३३ मा मुम्बईमा इंग्ल्याण्डविरुद्ध डेब्यू गरेका थिए । उनले उक्त खेलमा पहिलो पारीमा ३८ र दोस्रो इनिङ्समा १ सय १८ रन बनाएका थिए । डेब्यू म्याचमा शानदार प्रदर्शन गरेका अमरनाथको निधन ५ अगस्ट सन् २००० मा दिल्लीमा भएको थियो ।

२. रोहित शर्माः भारतीय टीमका वानडे र टी–२० कप्तान रोहित शर्माको नाम यो सूचीको दोस्रो स्थानमा आउँछ । उनले ६ नोभेम्बर २०१३ मा वेष्ट इन्डिजविरुद्ध टेष्टमा डेब्यू गरेका थिए ।

याे पनि पढ्नुस  टी–२० सिरिजः शिखर धवनको स्थानमा सञ्जुले लिए

रोहितले उक्त टेष्ट म्याचको पहिलो इनिङ्समै १ सय ७७ रन बनाएका थिए । उनले हालसम्म ३२ टेष्ट म्याचको ५३ पारीमा २ हजार एक सय ४१ रन बनाएका छन् । जसमा उनले ६ शतक र १० अर्धशतक बनाएका छन् । रोहितले ३२ टेष्ट म्याच खेल्दा दोहोरो शतकसमेत बनाइसकेका छन् ।

१. शिखर धवनः भारतीय टीमका स्टार ओपनर शिखर धवन यो सूचीको शीर्ष स्थानमा आउँछन् । उनले आफ्नो टेष्ट करियरको सुरुवात १४ मार्च २०१३ मा अष्ट्रेलियाविरुद्ध गरेका थिए ।

याे पनि पढ्नुस  रोहित चम्किँदा बंगलादेशमाथि भारतको शानदार जित

धवनले टेष्ट डेब्यू म्याचको पहिलो इनिङ्समै १ सय ८७ रन बनाएका थिए । उनले हालसम्म ३४ टेष्ट म्याचको ५८ पारीमा २ हजार ३ सय १५ रन बनाएका छन् । जसमा उनले ७ शतक र ५ अर्धशतक बनाएका छन् । टेष्टमा शिखरको उच्च स्कोर १ सय ९० रन हो ।

कमेन्ट गर्नुहोस्