फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ।

बुधबार प्रतितोला ७५ हजार ४ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९ सयले बढेर ७६ हजार ३ सय पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि आज बढेको छ। बुधबार ७५ हजार ३ सय प्रतितोला कारोबार भएको तेजाबी सुनको मूल्य आज ७६ हजार पुगेको छ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ८ सय ७५ रहेको चाँदी आज ५ रुपैयाँले बढेर ९ सय ८० पुगेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्