‘रिल्याक्स’ गर्दै बाथरुममा नुहाउन गएका दम्पतिको निस्सासिएर मृत्यु

ललितपुरः यहाँस्थित फिट एन्ड फाइन एरोबिक फिटनेसको बाथरुममा नुहाउन पसेका पतिपत्नीको निस्सासिएर ज्यान गएको छ ।

ललितपुर महानगरीय प्रहरीले दिएको जानकारी अनुसार तिखेदेवलस्थित उक्त हेल्थ क्लबको ‘साउना बाथ’मा नुहाउने क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा हस्त गर्बुजामगर (४२) र उनकी श्रीमती नेत्रकुमारी (३९) रहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  शंकास्पद घटनाः श्रीमानको शव फेला, श्रीमती गम्भीर घाइते

तातोपानी भएको साउना बाथरुममा रिल्याक्स गर्न भनी पसेर सो दम्पती अबेरसम्म ननिस्किएपछि बाथरुमको ढोका फोडेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए । बढी समय बाथरुमभित्रै रहेकाले अक्सिजनको अभाव हुन गई सो घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बेहोश अवस्थामा भेटिएका उनीहरुको तत्काल उद्धार गरी पाटन अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सकले उनीहरूलाई तत्कालै मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

याे पनि पढ्नुस  काठमाडौंको मैतीदेवीका पुरुषको कोरोनाका कारण मृत्यु

उनीहरू बुधबार राति क्लबमा गएका थिए र राति क्लबको बाथरुमको साउना (तातो आउने विशेष व्यवस्था भएको) मा नुहाउन पसेका थिए । गर्बुजामगर दम्पति निश्चित समयमा ननिस्किएका कारण अक्सिजन नपुगेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको ललितपुर महानगरीय प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  मोरङमा १२ घण्टामा सङ्क्रमणबाट ५ को मृत्यु

हस्त गर्बुजामगर पूर्व महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव भएको अनुसन्धानबाट खुलेको छ ।

कमेन्ट गर्नुहोस्