अजय देवगनको फिल्म ‘मैदान’को फर्स्ट लुक सार्वजनिक

काठमाडौंःबलिउड अभिनेता अजय देवगनको नयाँ फिल्म ‘मैदान’ लुक्स सार्वजनिक भएको छ । फिल्म मैदानमा देवगन भारतीय फुटबलका महान कोच सैय्यद अब्दुल रहीकको भूमिका निभाइरहेका छन् ।

फिल्मको पहिलो पोस्टरमाउनलाई कोचको लुक्समा देख्न सकिन्छ । सानो कपाल र जुँगाका साथमा उनी निकै आकर्षक देखिएका छन् ।

याे पनि पढ्नुस  अजयको ‘तानाजी’ र दीपिकाको ‘छपाक’ले कति कमाए पहिलो दिन?

पोस्टरमा अजयका साथमा फुटबल टीमका खेलाडीपनि उभिएका छन् । खेलाडी जुन मैदानमा उभिएका छन् त्यहाँ पानी परिरहेको छ र उनीहरु माटोमा लतपतिएका छन् ।

त्यस्तै दोस्रो पोस्टरमा अजयको पूरा स्वरुप देख्न पाइन्छ । जसमा अजय एक्लै छन् । एक सामान्य मानिसको रुपमा उनले सर्ट र पाइन्ट लागएका छन् । उनको हातमा व्याग र छाता रहेको छ । साथै उनी फुटबललाई हानिरहेका छन् । उनको अनुहारमा हल्का मुस्कान पनि रहेको छ ।

कमेन्ट गर्नुहोस्