दुर्लभ वन्यजन्तु गैडाको खागसहित दुई पक्राउ

काठमाडौंः २५ लाखमा बेच्न ठिक्क पारेको गैंडाको खाग सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंमै दुर्लभ गैडाको खागको किनबेच भैरहेको सूचनाको आधारमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।

काठमाडौंको चाबहिल एरियामा लव खत्री समेतका ब्यक्तीले दुर्लभ बन्यजन्तु गैंडाको खाग समेतको अबैध रुपमा ओसारपसार गरी २५ लाखमा कारोबार गर्ने भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले दुई जनालाइ पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  सहकारीबाट ५ करोड ६७ लाख ठगी गर्ने पक्राउ

प्रहरीले चाबहिलमबाट काठमाडौंकै लव खत्री र बाजुराका दिनेश थापालाई पक्राउ गर्दा गैडाको एक थान खाग पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका दुबैजना र खागलाई डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ ।

कमेन्ट गर्नुहोस्