भारतमा पनि भेटियो कोरोना भाइरस संक्रमित

काठमाडौंः चीनबाट सुरु भएको कोरोना भाइरस भारतमा पनि पुगेको छ । केरला राज्यमा कोरोना भाइरस संक्रमित विद्यार्थी भेटिएको त्यहाँका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चीनको वुहान विश्वविद्यालयबाट आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको लक्षण देखिएको हो । भारतमा करिब पाँच सय बिरामीलाई निगरानीमा राखिएको छ ।

याे पनि पढ्नुस  पूर्व प्रधानमन्त्री खनाल चीन जाँदै

कोरोना भाइरसले चीनमा १७० को ज्यान लिइसकेको छ । नेपालमा पनि एक विद्यार्थीमा यो भाइरसको लक्षण देखिएको थियो ।

कमेन्ट गर्नुहोस्